सुरक्षा जोखिम भए ६–६ महिनामा मूल्यांकन गरेर सुरक्षाकर्मी थपघट गर्नुपर्ने मापदण्ड छ । तर, पहुँचका भरमा विगतमा खटाइएको सुरक्षा जनशक्ति वर्षौंसम्म फिर्ता नगरिएको आजको नयाँ पत्रिकामा खबर छ ।
पूर्वप्रधानमन्त्रीलाई ५–६ जना तथा पूर्वगृहमन्त्रीलाई दुईजना सुरक्षाकर्मी दिए पुग्ने गृह मन्त्रालयको आन्तरिक मूल्यांकन छ ।
तर, पूर्वराजा ज्ञानेन्द्र शाहदेखि पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वमन्त्री, अवकाशप्राप्त सुरक्षाकर्मी तथा केही पहुँचवाला व्यक्तिको घरमा कम्तीमा एक हजार सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयकै तथ्यांक छ ।
पत्रिकाका अनुसार पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा १०० जना सुरषाकर्मी खटिएका छन् । यस्तै प्रचण्डको सुरक्षामा ४८, शेरबहादुर देउवाको सुरक्षामा १४, माधवन नेपालको १३, लोकेन्द्र बहादुर चन्दको सुरक्षामा १० जना सशस्त्र प्रहरी खटिएका छन् ।
यस्तै अन्य पूर्वप्रधानमन्त्री, पूर्व गृहमन्त्रीलगायतका पहुँचवालाले पनि अनावश्यक सुरक्षाकर्मी लिएर दुरुपयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया