नेकपा स्थायी कमिटीको बैठक बस्दै, के छ एजेण्डा ?

काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।

सरकारको नीति तथा कार्यक्रमका साथै सीमानाका बारेमा भईरहेको विवादका बारेमा छलफल गर्ने एजेण्डा रहेको छ ।

यो भन्दा अगाडि २५ गते (बिहीवार) बस्ने भनिएको स्थायी कमिटी बैठक प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी निकटका सदस्यहरुको कारणले स्थगित भएको थियो ।

नेकपाकै अर्का पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पटक पटक प्रधानमन्त्री ओलीलाई भेटेर बैठक बस्न आग्रह गरेपनि उनी राजी भएका थिएनन् ।

आज भने एकाएक बैठक तय भएको सूचनासहित स्थायी समिति सदस्यहरुलाई डाकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?