सात नम्वर प्रदेशमा विहानै देखी वर्षा

डडेल्धुरा, २९ माघ  -डडेल्धुरा लगाएत सात नम्वर प्रदेशमा आज विहानै देखी वर्षा भईरहेको छ । पश्चिमि न्यूनचापिय प्रणालिका कारण वर्षा भएको मौषम विद सुवाष रिमालले जानकारी दिनु भयो । मौषम भोलि सम्म वदल भईरहने र वुधवार देखी मौषमा सुधार हुने समेत मौषम विद सुवाष रिमालले वताउनु भयो । वर्षाका कारण डडेल्धुरा सदरमुकाम देखी उच्च लेकाली भागमा अत्याधिक चिसो वढे पछि यहाको जनजिवन प्रभावित वनेको छ । वर्षा र चिसोका कारण मानिसहरु घर वाहिर निस्कन सकिरहेका छैनन् भने घरमै आगो तापेर वसीरहेका छन् । सडकमा मानिसहरुको आवतजावत पात्लीएको छ । सात नम्वर प्रदेशका उच्च लेकाली भेगमा हिमपात हुन सक्ने समेत मौषम विद रिमालले वताउनु भयो । वर्षा र चिसो कारण वालवालिका र वृद्ध वृद्धा वढी प्रभावित वनेका छन् । जल वायु तथा मौषम मापन फिल्ड कार्यालय डडेल्धुराका अनुसार दिउसो डडेल्धुराको न्यूनतम तापक्रम ३.४ डिग्रि सेल्सीएस रहेको छ भने २ वजे सम्म ५.६ मिलिलिटर वर्षा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?