काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको असर संयुक्त राज्य अमेरिकामा धेरै देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ८२ हजार ६ सय ९० जना मानिसको मृत्यु भइसकेको र १३ लाख ९५ हजार ४ सय ९० जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण ८ सय ९५ जनाको ज्यान गइसकेको र ९ हजार ६ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म २ लाख ७४ हजार ९ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन भने १६ हजार ५ सय १ जनाको अवस्था गम्भीर रहेको छ । साथै ९७ लाख ७२ हजार ७ सय ११ जनामा हालसम्म कोरोना परीक्षण गरिएको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाको कारण २ लाख ९१ हजार १ सय ६४ जनाको ज्यान गइसकेको छ । भने ४३ लाख १४ हजार १ सय १४ जनामा संक्रमण फैलिएको छ । ती मध्ये ४६ हजार ३ सय ७५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । संक्रमित मध्ये १५ लाख ६८ हजार २ सय ५४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया