काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ४३ लाख १० हजार ७ सय ८६ जना मानिसमा संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण २ लाख ९० हजार ४ सय ५५ जनाको ज्यान गएको छ भने संक्रमित मध्ये ४६ हजार ५ सय ८५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै १५ लाख ६६ हजार ६ सय ८६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
विश्वभर संयुक्त राज्य अमेरिकामा कोरोनाको असर धेरै देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ८२ हजार ५ सय ५५ जनाको ज्यान गएको छ भने १३ लाख ९५ हजार २६ जनामा संक्रमण फैलिएको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण अमेरिकामा ७ सय ६० जनाको ज्यान गएको तथा ९ हजार १ सय ९२ जनामा संक्रमण फैलिएको छ ।
त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २६ हजार ९ सय २० जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै २ लाख ६९ जनामा कोरोना संक्रमण देखिएको छ । भने बितेको २४ घण्टामा मात्र त्यहाँ १ हजार ३ सय ७७ जनामा कोरोना संक्रमण देखिएको र १ सय ७६ जनाको ज्यान गएको छ ।
त्यस्तै रसियामा बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ७ जनाको ज्यान गएको छ भने १० हजार ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाको कारण २ हजार १ सय १६ जनाको ज्यान गइसकेको छ र २ लाख ३२ हजार २ सय ४३ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् ।
त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ३२ हजार ६ सय ९२ जना मानिसको ज्यान गएको र २ लाख २६ हजार ४ सय ६३ जनामा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ ३ हजार ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ६ सय २७ जनाले बितेको २४ घण्टामा कोरोनाको कारण ज्यान गुमाएका छन् ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ३० हजार ९ सय ११ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ २ लाख २१ हजार २ सय १६ जनामा कोरोना संक्रमण फैलिएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ १ सय ७२ जना कोरोना संक्रमणको कारण ज्यान गएको र १ हजार ४ सय २ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
पm्रान्समा बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । हालसम्म फ्रान्समा २६ हजार ६ सय ४३ जनाको ज्यान गइसकेको छ भने १ लाख ७७ हजार ४ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । फ्रान्समा हालसम्म कोरोना उपचारपछि निको भएर घर फर्किनेको संख्या ५६ हजार ७ सय २४ पुगेको छ ।
त्यस्तै ब्राजिलमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ११ हजार ९ सय ८० जनाको ज्यान गएको छ । भने १ लाख ७२ हजार २ सय ४३ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण ३ सय ५५ जनाको ज्यान गएको र ३ हजार बढीमा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै छिमेकी देश भारतमा कोरोनाको कारण हालसम्म कोरोनाको कारण २ हजार ४ सय ८ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्र भारतमा कोरोनाको कारण १ सय १४ जनाको ज्यान गएको र ३ हजार २ सय १३ जनामा संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म २४ हजार १ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने हालसम्म त्यहाँ ७३ हजार ९ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसअघि प्रकाशित :
नेपालमा एकैदिन ७४ जनामा कोरोना भेटियो, फेरि थपिए १७ जना
बारामा अनिश्चितकालिन ‘कर्फ्यू’ जारी, सबै पास खारेज !
बढेको बढ्यै कोरोना संक्रमित, सबै सवारी पास रद्ध !
प्रधानमन्त्री रिसाएपछि नाका निरिक्षणका लागि गृहको टोली नागढुङ्गामा
गृहमन्त्रालयको ‘बोल्ड’ निर्णय : अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया