काठमाडौं । कोरोना भाइरसको महामारीले अहिलेसारा विश्व नै त्रसित छ । खाडी मुलुक साउदी अरबमा ६ सय ७४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । रियादस्थित नेपाली दूतावासले ६ सय ७४ जना नेपालीमा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो ।
६ सय ७४ जना मध्य ११ जना महिला रहेका दूतावासले जनाएको छ । संक्रमित भएका मध्य केही नेपाली निको भइ काममा फर्किसकेका दूतावासले बताएको छ ।
सबैभन्दा बढी साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, पश्चिम क्षेत्र मक्का, मदिना, जेद्दा र जजानमा १ सय ४८ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरु संक्रमित भएका नेपाली दूतावास रियादले जनाएको छ।
यो समाचार तयार पार्दा सम्म साउदी अरबमा २ सय ६४ जनाको मृत्यु भएको छ भने ४२ हजार ९सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । आजमात्रै साउदीमा कोरोनाका कारण ९ जनाको ज्यान गएको छ भने १ हजार ९ सय ११ जनामा संक्रमण देखिएको छ ।
दूतावासका अनुसार साउदी अरबमा कोरोना कोरोनाका कारण एक जना नेपालीले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया