काठमाडौं – वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भई रुपन्देहीको कोरोना विशेष अस्पतालमा उपचाररत युवक मंगलबार डिस्चार्ज गरिएको छ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका- १ निवासी २५ वर्षीया युवक रुपन्देहीका पहिलो कोरोना संक्रमित हुन् । परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको हो । यससँगै कोरोना निको हुनेको संख्या ३४ पुगेको छ ।
उनी उपचाररत कोरोना विशेष अस्पतालमा २७ जना संक्रमित उपचारररत छन् । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २१७ पुगेका छन् ।
काठमाडौं र भक्तपुरमा पनि कोरोना संक्रमण
काठमाडौं र भक्तपुरमा पनि कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भक्तपुर निवासी २५ वर्षीय महिला र २७ वर्षीय पुरुष रहेका छन् । भने काठमाडौं निवासी ३३ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परिक्षणका क्रममा मंगलवार साँझ थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
अहिले फेला परेका संक्रमितहरु पर्सा जिल्ला निवासी २२,२८, २८,३२, ४५, र ६० वर्षीया महिलाहरु रहेका छन् भने १६, २२, २४, २५,२८, २८,३२, ५९, ५५, ६१, ६१ वर्षीय पुरुषहरु रहेका छन् । त्यस्तै महोत्तरी जिल्ला निवासी १६, ३५, वर्षीय पुरुषहरु रहेका छन् ।
त्यस्तै धनुषा जिल्ला निवासी २० वर्षीय महिला र ४० वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै सर्लाहीका ४५ वर्षीय पुरुष रहेको स्वास्थ्यमन्त्रालयले बताएको छ । स्वास्थ्यमन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

कोरोनाबाट बच्न सावधानीस्वरुप लकडाउनको नीति लिईएको आज मंगलबार ४९ औँ दिन पूरा भएको छ । तर लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्नेहरुमा कोरोना पुष्टि हुन थालेपछि नेपालमा थप भय सिर्जना भएको छ ।
आज काठमाडौं र भक्तपुरमा समेत गरी एकैदिन ८३ जनामा संक्रमण पुष्टि भएपछि आम मानिसमा त्रास छाएको छ ।
काठमाडौंमा पनि जोखिम बढ्यो
औँलामा गन्न सकिने कोराना संक्रमितहरु भएको र निको हुने क्रम बढिरहेको अवस्थामा ह्वात्तै संक्रमित बढेपछि अब काठमाडौंमा पनि जोखिम बढेको छ । लकडाउन क्रमिक रुपमा खुकुलो बनाईँदै जाँदा मानिसहरु आफ्ना थातथलोबाट काठमाडौं आईरहेका छन् ।
काठमाडौंको सडकमा देखिएको भिडभाड, काठमाडौंका तरकारी बजारमा भीड, मानिसहरुको बाक्लो आवतजावत, मास्क पन्जा र सेनिटाईजरवीना नै सडकमा हिँडेका मानिसहरु र क्रमिक रुपमा काठमाडौं भित्रिएकाहरुबाट काठमाडौंमा संक्रमण नबढ्ला भन्न सकिन्न ।
लकडाउनको दिनपनि लम्बिदैँ जाने र संक्रमित पनि बढ्दै जाने अवस्थाले भोलिका दिनमा ल्याउन सक्ने विषम परिस्थितीबारे नेतृत्व गम्भिर छैन । त्यसैले जो जहाँ जसरी बसेका छौँ, लकडाउनको पूर्ण पालना गरि आ – आफ्नो स्थानबाट नेतृत्वलाई घच्घच्याउनुको विकल्प छैन ।
भ्रममा नपर्नुहोस् ! स्वास्थ्य मन्त्रालयले भन्यो – ‘तन्दुरुस्त छु कोरोना हुँदैन भन्ने नठानौँ’
विश्वभर जटिल स्वास्थ्य चुनौति बनेर आएर कोरोना भाइरस ‘कोभिड – १९’ बाट विश्व आक्रान्त छ । नेपाल पनि यो महामारीसँग जुधिरहेको छ । यसैबीच नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण २० देखि ५० वर्ष उमेर समूहका मानिसमा बढी देखिएको जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘वयस्कमा कोरोना संक्रमण देखिँदैन भन्ने भ्रममा नपर्न सबैसँग अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा हालसम्म दुई महिनाको शिशुदेखि ८१ वर्षका वृद्धालाई कोरोना संक्रमण देखिएको जानकारी दिँदै भने, – “वयस्क युवाहरूले र तन्दुरस्त छु, कोरोना संक्रमण हुँदैन भन्ने गरेको सुनियो तर त्यो सबै भ्रम मात्र हो ।
विश्व र नेपालकै तथ्याङ्क हेर्दा शिशुदेखि वृद्धवृद्धा सबैलाई कोरोना संक्रमण देखिएको डाक्टर देवकोटाको भनाई छ । उनले भने, “नेपालमा कोरोना संक्रमण देखिएकाहरूको तथ्याङ्क हेर्दा २० देखि ५० वर्ष उमेरका मानिसहरूमा बढी देखिएको छ ।”
उनले थपे, धूमपान र सुर्तिजन्य पदार्थको सेवन गर्नेमा कोरोना भाइरसको संक्रमण बढी हुन्छ । उनले सबैमा धूमपान, सुर्तिजन्य पदार्थको सेवन आजैबाट छोड्न सबैलाई उनले अनुरोध गरे ।
यसअघि प्रकाशित :
सवारी पासको विषयमा काठमाडौं जिल्ला प्रशासनले निकाल्यो यस्तो सूचना
कोरोनाको प्रकोप : यस्तो छ विश्वमा महामारीको ताजा अवस्था
नेपालमा एकैदिन ७४ जनामा कोरोना भेटियो, फेरि थपिए १७ जना
बारामा अनिश्चितकालिन ‘कर्फ्यू’ जारी, सबै पास खारेज !
बढेको बढ्यै कोरोना संक्रमित, सबै सवारी पास रद्ध !
प्रधानमन्त्री रिसाएपछि नाका निरिक्षणका लागि गृहको टोली नागढुङ्गामा
गृहमन्त्रालयको ‘बोल्ड’ निर्णय : अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया