१० जना पनि कोरोना संक्रमित नभएका यी ९ देश

काठमाडौं । अहिले विश्व कोरोना भाइरसबाट त्रस्त छ । तर विश्वका यस्ता देश पनि छन् जहाँ १० जनामा पनि कोरोना भाइरस छैन । अझ उत्तर कोरियामा त अहिलेसम्म कोरोना भेटिएको खरब छैन । यो रहस्यमय देशको सूचना बाहिर आउन सकस हुने भएर पनि जानकारी नबाहिरिएको हुनसक्छ । तर केही यस्ता साना टापु देश जसमा साँचै १० जना भन्दा कम कोरोना संक्रमित छन् ।

त्यसमा एम एस जान्डममा हालसम्म ९ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै मौरिटानियामा ८, पपुवान्युगिनीमा पनि ८ जनामै कोरोना पुष्टि भएको छ । यस्तै ब्रिटीस भर्जिन आइल्याण्डमा ७, क्यारिबियन नेदरल्याण्डस्मा ६ जना, एसटी बर्थमा ६, वेस्टर्न सहारामा ६, अंगुलामा ३ र सेन्ट पियरे मिकेलनमा १ जना मात्रै संक्रमित फेला परेका छन् ।

त्यस्तै विश्वभर यो समाचार तयार पार्दासम्म विश्वभर ४३ लाख ६०० भन्दा बढी कोरोना संक्रमित पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । यसैगरी २ लाख ८९ हजार ३४५ जनाको मृत्यु भएको छ भने हालसम्म १५ लाख ४७ हजार बढी निको भएका छन् ।

भाइरसबाट सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा २ हजार १० जनाको मृत्यु भइसकेको छ भने त्यसपछि युकेमा ३२ हजार ६९२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?