नेपालमा एकैदिन ८३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २१७ पुगे

काठमाडौं । नेपालमा एकैदिन ८३ जना जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २१७ पुगेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परिक्षणका क्रममा मंगलवार साँझ थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अहिले फेला परेका संक्रमितहरु पर्सा जिल्ला निवासी २२,२८, २८,३२, ४५, र ६० वर्षीया महिलाहरु रहेका छन् भने १६, २२, २४, २५,२८, २८,३२, ५९, ५५, ६१, ६१ वर्षीय पुरुषहरु रहेका छन् । त्यस्तै महोत्तरी जिल्ला निवासी १६, ३५, वर्षीय पुरुषहरु रहेका छन् ।

त्यस्तै धनुषा जिल्ला निवासी २० वर्षीय महिला र ४० वर्षीय पुरुष रहेका छन् । त्यस्तै काठमाडौका ३३ वर्षीया महिला तथा भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै सर्लाहीका ४५ वर्षीय पुरुष रहेको स्वास्थ्यमन्त्रालयले बताएको छ । स्वास्थ्यमन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसअघि प्रकाशित :

सवारी पासको विषयमा काठमाडौं जिल्ला प्रशासनले निकाल्यो यस्तो सूचना

कोरोनाको प्रकोप : यस्तो छ विश्वमा महामारीको ताजा अवस्था

नेपालमा एकैदिन ७४ जनामा कोरोना भेटियो, फेरि थपिए १७ जना

बारामा अनिश्चितकालिन ‘कर्फ्यू’ जारी, सबै पास खारेज !

बढेको बढ्यै कोरोना संक्रमित, सबै सवारी पास रद्ध !

प्रधानमन्त्री रिसाएपछि नाका निरिक्षणका लागि गृहको टोली नागढुङ्गामा

गृहमन्त्रालयको ‘बोल्ड’ निर्णय : अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?