काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २० लाख करोड भारतिय रुपयाँको राहत प्याकेज घोषणा गर्दै लकडाउनको पूर्ण पालना गर्न देशबासीलाई आग्रह गरेका छन् ।
मोदीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै देशको कुल गार्हस्थ उत्पादन (जिडिपी)को झण्डै १० प्रतिशत रकम आत्मनिर्भर भारत अभियान अन्तर्गत घोषणा गर्दै भने – “अब भारत नयाँ युगमा प्रवेश गरेको छ । २०२१ मा भारत आत्मनिर्भर बन्नेछ ।”
कोरोनाको महामारीबाट बच्न सिंगो देश लकडाउनमा रहँदा आर्थिक गतिवीधि ठप्प रहेको भन्दै उनले कुल गार्हस्थ उत्पादन (जिडिपी) को झण्डै १० प्रतिशत आर्थिक प्याकेजबाट आगामी दिनमा देशले आर्थिक विकास र आत्मनिर्भर भारत अभियानमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
भिडियोका लागि तलको लिंक क्लिक गर्नुहोस् :
https://www.facebook.com/narendramodi/videos/881540082315012/
उनले राष्ट्रका नाममा सम्बोधन गर्दै यसअघि पनि उनले मजदुर वर्गको लागि विशेष राहत प्याकेज घोषणा गरेका थिए।
यो समाचार तयार पार्दासम्म भारतमा २ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ भने ७२ हजार ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज (मंगलबार) मात्रै ३७ जना मृतक थपिएका छन् भने १ हजार ८ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ ।
कुल संक्रमितमध्ये २३ हजार २ सय ३ जना निको भएर घर फर्केका छन् ।
यसअघि नै भारतमा १८ मे सम्म लकडाउन घोषणा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया