भारतले घोषणा गर्‍यो २० लाख करोडको राहत प्याकेज

काठमाडौं – भारतले २० लाख करोड भारतिय रुपयाँको राहत प्याकेज घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै देशको कुल गार्हस्थ उत्पादन (जिडिपी)को झण्डै १० प्रतिशत रकम आत्मनिर्भर भारत अभियान अन्तर्गत घोषणा गरेका हुन् ।

कोरोनाको महामारीबाट बच्न सिंगो देश लकडाउनमा रहँदा आर्थिक गतिवीधि ठप्प रहेको भन्दै उनले यो आर्थिक प्याकेजबाट आगामी दिनमा देशले आर्थिक विकास र आत्मनिर्धर भारत अभियानमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् ।

यसअघि पनि उनले मजदुर वर्गको लागि विशेष राहत प्याकेज घोषणा गरेका थिए।

यो समाचार तयार पार्दासम्म भारतमा २ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ भने ७२ हजार ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मंगलबार मात्रै ३७ जना मृतक थपिएका छन् भने १ हजार ८ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । कुल संक्रमितमध्ये २३ हजार २ सय ३ जना निको भएर घर फर्केका छन् ।

भारतको महाराष्ट्रमा एक हजार बढी प्रहरीमा कोरोना संक्रमण

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?