पोखरा, २९ माघ । नेकपा एमालेले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् सरकार गठनको दाबी गर्दै एमाले र माओवादीले गुरुङलाई मुख्यमन्त्रीमा सिफारिस गरेका थिए । नेता गुरुङ आइतबार मात्र एमाले संसदीय दलको नेतामा चुनिएका थिए त्यस्तै, एमाले संसदीय दलका नेता पृथ्वीसुब्बाले प्रदेश प्रमुखलाई पठाएको पत्रमा ‘मलाई २७ जना प्रदेश सदस्य रहेको एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गरिएको छ । प्रदेश नम्बर ४ निर्वाचित १२ जना सांसदको समेत समर्थन रहेकाले संविधानअनुसार नियुक्त गरिपाउँ,’ भनिएको छ प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको २७ सांसद छन् भने माओवादी केन्द्रको १२ सांसद छ दुई दलको दाबीपछि प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् भने मुख्यमन्त्री गुरुङले बुधबार फागुन २ गते सपथ लिनेछन् मुख्यमन्त्री गुरुङको सपथ फागुन २ गते बुधबार २ बजे प्रदेश प्रमुखको निवासमा पद र गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया