सगरमाथाबारे भ्रम फैलाउन खोज्दा चीनको चौतर्फी विरोध, सी जिनपिङको पुत्ला दहन

काठमाडौं। भारतिय पक्षबाट एकतर्फी रुपमा लिपुलेकमा बनाइएको सडकको विरोध तथा चाइनाको केही सञ्चारमाध्यमले सगरमाथा चीनको पनि गरेको प्रचारप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ आन्दोलित बनेको छ ।

मंगलबार नेविसंघ गोरखा नगरपालिका र तरुण दलद्वारा आयोजित राके जुलुस एवम् पुत्ला दहन कार्यक्रमा नेपाली भुभाग लिपुलेकमा भारतले गरेको दादागरीमा सरकार निकम्मा भएर बसेको भन्दै आपत्ति जनाएको हो ।

ने बि संघ गोरखा नगर सभापति सुमन पन्तको संयोजनमा भएको कार्यक्रममा चिनिया राष्टपति सी जिनपिङ,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुल्दा बालिएको थियो । भएको कार्यक्रममा ने बि सघ गोरखाका अध्यक्ष सुबास अधिकारीले मन्तव्य राखेका थिए ।

प्रदर्शनकारीले गो ब्याक चाइना र गो ब्याक इन्डिया को नारा लगाउँदै विरोध प्रदर्शन गरेको थिए । सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क ९सीजीटीएन०ले आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिपछि नेवि संघले गो ब्याक चाइना को नारा लगाएको थियो भने भारतले दार्चुला जिल्लाको लिपुलेकमा अतिक्रमण गरी गरेको सडक निर्माणको विरोध गर्दै प्रदर्शन गरिएको नेविसंघ गोरखाका अध्यक्ष सुबास अधिकारीले जानकारी दिए ।

यो पनि पढ्नुहोस् : भारतसँगै चीनबिरुद्ध पनि हुन थाल्यो प्रदर्शन

                        भारत र चीनको विरुद्ध नेविसंघले निकाल्यो मसाल जुलुस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?