प्रदेश ३ को गृहमन्त्री जम्मरकट्टेल, केशव स्थापित भौतिक पूर्वाधारमन्त्री

हेटौंडा, २९ माघ । प्रदेश ३ मा पहिलो चरणमा तीन सदस्यीय मन्त्रिपरिषद गठन भएको छ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेल र एमालेबाट केशव स्थापितलाई मन्त्री बनाएका छन् जम्मरकट्टेलले प्रदेशको आन्तरिक मामला मन्त्रालयको जिम्मा सम्हाल्नेछन् भने स्थापितले भौतिक पूर्वाधार मन्त्रीको जिम्मा पाएका छन् दुवै जनालाई सोमबार प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराएकी छन् सोमबार बिहानसम्म सरकारमा जान आनाकानी गरेका जम्मरकट्टेल आन्तरिक मामिला (गृह) मन्त्रालय पाउने भएपनि सरकारमा जान सहमत बनेका थिए एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको वार्ताका क्रममा माओवादी केन्द्रले सो मन्त्रालय पाउने सहमति भएपछि प्रचण्डले फोन गरेर प्रदेश सभा संसदीय दलका नेता जम्मरकट्टेललाई सरकारमा रहभागी हुन निर्देशन दिएका थिए उनले सोमबार बिहान पार्टी एकताको विषय टुंगो नलागेको भन्दै मन्त्रिको नाम पठाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?