काठमाडौं । वीरगंजमा २ जना पत्रकारलाई कोरोना संक्रमण भएको छ । यस अघि आजै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ती मध्ये पर्साका ३९ जना, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जनामा कोरोना संक्रमण भएको छ । आज थपिएका ५७ जना सबै पुरुष रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो विवरणसँगै नेपालमा १ सय ९१ जनामा कोरोना पुष्टि भएको छ । भने हालसम्म ३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमित पत्रकारहरुबारे थप विवरण आउन बाँकि छ ।
कोरोना संक्रमणबाट हालसम्म विश्वभर ५५ जना पत्रकारको मृत्यु भइसकेको छ ।
पिइसीले दिएको जानकारी अनुसार मार्च १ पछि विभिन्न २३ मुलुकका ५५ सञ्चारकर्मीमा संक्रमण भेटिएको थियो त्यसपछि प्रेस अभियानले सञ्चारकर्मीलाई रिपोर्टिङमा खटिँदा अनिवार्य सुरक्षा सतर्कताका न्यूनतम पोषाकको प्रवन्ध गर्न आह्वान गरेको थियो ।
मंगलवार मात्रै ५७ जनामा कोरोना संक्रमण
नेपालमा मंगलवार मात्रै ५७ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलवार थपिएका कोरोना संक्रमितहरुमा पर्सामा ३९ जना, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएका सबै पुरुष रहेका छन् ।
हालसम्म नेपालमा १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । मन्त्रालयका अनुसार ती मध्ये ३३ जना महिला रहेका छन् । भने १ सय ५८ जना रहेका छन् । हालसम्म नेपालमा ३३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । ती मध्ये १ सय ५८ जना देशका विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
यसअघि हिजो नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियामा १ जनामा हिजो साँझ कोरोना संक्रमण पुष्टि भएको थियो भने हिजो बिहान मात्रै कपिलवस्तुमा १० र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमवार मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा २ महिने शिशुदेखि ८१ वर्षीय बृद्धसमेतमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये २० देखी ५० उमेर समुहका मानिसहरुमा धेरै संक्रमण रहेको पनि मन्त्रालयले जनाएको छ ।
एकैपटक ५७ सङ्क्रमित भेटिएपछि बोल्यो स्वास्थ्य मन्त्रालय
विभिन्न जिल्लामा गरेर आज थप ५७ जनामा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुको सङ्क्रमण भएको बताए। योसँगै हालसम्म सङ्क्रमितको सङ्ख्या १९१ पुगेको छ ।
सहप्रवक्ता डा. अधिकारीका अनुसार सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा पहिलोपटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा माघ ९ गते सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ३३ जना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्किसकेका छन् ।
सहप्रवक्ता डा. अधिकारीले भारतबाट आउने क्रम बढेसँगै शङ्कास्पद व्यक्तिलाई परीक्षण गर्दा यति धेरैको सङ्ख्यामा सङ्क्रमित पहिलोपटक सङ्क्रमित भेटिएको बताए।
‘‘पहिलाभन्दा अहिले भारतबाट मानिस पनि आवतजावत गरिरहेका छन्”, उनले भने, ‘‘क्वारेन्टाइनमा बसेकालाई पनि हामीले बढी परीक्षण गरिरहेको हुनाले सङ्क्रमित फेला परेका हुन् ।”
उनले धमाधम सङ्क्रमित भेटिरहेकाले निगरानी बढाउन आवश्यक रहेको बताए। मन्त्रालयले अहिले दैनिक एक हजारमा पिसिआर र करिब दुई हजारमा आरडिटी परीक्षण गरिरहेको छ । मुलुकभरि पिसिआर १९ ठाउँमा र आरडिटी ७७ जिल्लामा भइरहेको छ ।
भ्रममा नपर्नुहोस् भन्दै स्वास्थ्य मन्त्रालयले भन्यो – ‘तन्दुरुस्त छु कोरोना हुँदैन भन्ने नठानौँ’
विश्वभर जटिल स्वास्थ्य चुनौति बनेर आएर कोरोना भाइरस ‘कोभिड – १९’ बाट विश्व आक्रान्त छ । नेपाल पनि यो महामारीसँग जुधिरहेको छ । यसैबीच नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण २० देखि ५० वर्ष उमेर समूहका मानिसमा बढी देखिएको जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘वयस्कमा कोरोना संक्रमण देखिँदैन भन्ने भ्रममा नपर्न सबैसँग अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा हालसम्म दुई महिनाको शिशुदेखि ८१ वर्षका वृद्धालाई कोरोना संक्रमण देखिएको जानकारी दिँदै भने, – “वयस्क युवाहरूले र तन्दुरस्त छु, कोरोना संक्रमण हुँदैन भन्ने गरेको सुनियो तर त्यो सबै भ्रम मात्र हो ।
विश्वभर २ लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु
कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ६९ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलवार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए भने तीन हजार ४०३ जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४७ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९४ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३२ हजारको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्त राज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजारको ज्यान गएको छ जबकी अघिल्लो दिन यहाँ ७ सय ५० जनाको मृत्यु भएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८१ हजार ७९५ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १७९, स्पेनमा १२३ र फ्रान्समा २६३ जनाको ज्यान गएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा ११ हजार ६५३ जनाको मृत्यु भइसकेको छ ।
यसअघि प्रकाशित :
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया