काठमाडौं । नेपालमा लकडाउन खुकुलो भएसँगै एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपालमा ४४ किसिमका उद्योग धन्दा तथा बैंक वित्तिय संस्थाहरु खुलाइएको छ । नेपालमा पछिल्लो समय लकडाउन खुकुलो बनाइएसँगै संक्रमितको संख्या झनै बढ्न थालेको हो । पछिल्लो विवरण अनुसार नेपालमा एकैदिनमा ५७ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै नेपालीहरु त्रस्त बनेका छन् ।
नेपालमा आज एकैपटक ५७ जनामा संक्रमणको पुष्टि भएको हो । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको जम्मा संख्या १९१ जना पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा मंगलवार मात्रै थप ५७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
जस मध्ये कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देहीका ९, पर्साका ३९ जना र बारा जिल्लाका १ जना रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेको बताइएको छ ।
नेपालमा यस महामारीबाट बच्न लकडाउन मिति अपनाइएको ४९ औँ दिन पुगेको छ । लकडाउनको खुकुलो बनाउँदै जाँदा संक्रमित झनै बढ्न थालेका छन् । प्राप्त जानकारीका अनुसार सोमवार पुष्टि भएका संक्रमितहरु भारतबाट लुकिछिपि नेपाल प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया