काठमाडौं । लकडाउनका कारण समस्यामा परेका नेपालीहरुलाई नेपाल-भारत सीमासम्म पुर्याउन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पहल गरेका छन् ।
मूख्यमन्त्री योगीले घर फर्किन चाहने नेपालीलाई नेपाल-भारत सीमासम्म पुर्याउने व्यवस्था मिलाउन राज्यका अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।
उत्तर प्रदेशमा रोजगारी तथा अन्य कामका सिलसिलामा धेरै नेपालहरु रहेका छन् । मुख्यमन्त्रीको सचिवालयले ट्वीटरमार्फत नेपाली नागरिकले घर फर्किन चाहेमा उनीहरुलाई आवश्यक व्यवस्था मिलाउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएको हो ।
लकडाउनका कारण समस्यामा परी नेपाल फर्किन चाहने नेपालीहरु धेरै रहेका छन् । सरकारले अन्तर्राष्ट्रिय सीमानाका तथा हवाइ आवागमन रोकेको अवस्थामा धेरै नेपाली अलपत्र परेका छन् । त्यस्तै उत्तर प्रदेश कैलालीदेखि नेपालका थुप्रै जिल्ला जोडिएको राज्य भएकाले पनि त्यहाँ धेरै नेपाली रोजगार तथा अन्य सिलसिलामा बसोबास गर्छन्।
दिल्ली तथा अन्य ठाउँबाट घर फर्किरहेकाहरु यहीँ राज्य भएर नेपाल आउन खोजिरहेका तर विविध समस्यामा परी त्यहि बस्न बाध्य रहेकाले मूख्यमन्त्री योगीले त्यस्तै निर्देशन हुन् ।
साथै मूख्यमन्त्री योगीले त्यँहि बस्न चाहने नेपालीहरुको लागि समेत आजश्वक प्रवन्ध मिलाउनको लागि समेत निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया