कोरोनाको संकट : पाकिस्तान महामारीको पछिल्लो टार्गेट बन्दै

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सबैतिर व्याप्त छ । विश्वमा यो समाचार तयार पार्दासम्म महामारीका कराण २ लाख ८७ हजार ३३६ जनाको मृत्यु भईसकेको छ भने ४२ लाख ५६ हजार ५३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १५ लाख २७ हजार ५६८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४६ हजार ९३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच पाकिस्तानमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । त्यहाँ अहिलेसम्म ७०६ जनाको मृत्यु भईसकेको छ भने ३२ हजार ८१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ३९ जनाको मृत्यु भईसकेको छ भने आजै त्यहाँ १ हजार १४० जना नयाँ संक्रमित थपिएका छन् ।

पाकिस्तानमा ८ हजार ५५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै सोमवार मात्रै पाकिस्तानमा महामारीबाट ६०७ जना संक्रमित थपिएका थिए भने सोमवार नै ८ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?