अमेरिकामाथि परमाणु हमला भएमा यस्ताे छ ट्रम्प लुक्ने ठाउँ !

यदि अमेरिकामाथि परमाणु हमलाको खतरा पैदा भएमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कहाँ राखिनेछ ? पूर्व अमेरिकी राष्ट्रपति ट्रूम्यानदेखि लिएर ट्रम्पसम्म सबै अमेरिकी राष्ट्रपतिका लागि यस्तो अवस्थामा बंकरमा बस्ने सुविधा छ राष्ट्रपति ट्रम्पका लागि कति बंकर ?परमाणु हमलाको खतरा पैदा भएमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक सुरक्षित स्थानमा लगिनेछ । यिनीहरुमध्ये एक बंकर ह्वाइट हाउसमुनी रहेको छ । जुन सन् १९५० मा बनाइएको थियो यस्तै अर्को बंकर भर्जिनियाको ब्लु रिज माउन्टेनमा माउन्ट वेदर नामको शिखरमा बंकर बनाइएको छ । अमेरिकी नेभीले ‘पीनट आइल्यान्ड’ नामको एक बंकर अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका लागि बनाइएको थियो । यो बंकर फ्लोरिडामा पाम बिच हाउसनजिकै रहेको छ । यो स्थानमा केनेडी अक्सर गइरहन्थे पाम बिच हाउस र बंकरको बिचको दुरी मात्रै १० मिनेटको रहेको छ । यो बंकरलाई ‘डिटेचमेन्ट होटल’ पनि भनिने यो बंकर बनाउनका लागि ९७ हजार अमेरिकी डलर खर्च लागेको थियो ट्रम्पसँग उनको आफ्नै एक बंकर फ्लोरिडामा ‘मार–ए–लागो’ नामको उनको निजी जग्गामा रहेको छ बंकरमा को–को जान सक्छन् ?यदि राष्ट्रपतिका लागि बनाइएको बंकरको कुरा गर्ने हो भने तीन वटा बंकर रहेका छन् । जुन पीनट आइल्यान्ड, ह्वाइट हाउस र माउन्ट वेदर हुन् । पीनट आइल्यान्डमा राष्ट्रपतिसँगै उनका दर्जनबढी सहयोगी र सचिव जान पाउछन् । यसमा ३० जनाका लागि स्थान रहेको छ सन् २००१ को सेप्टेम्बर ११ को हमलाका क्रममा ह्वाइट हाउस बंकरमा तैनाथ रहेका रोबर्ट डार्लिंगका अनुसार अमेरिकी अधिकारीले राष्ट्रपति समेत केही शीर्ष पदमा रहेका व्यक्तिहरुका लागि हो उनी भन्छन्, ‘अमेरिकामाथि सेप्टेम्बर ११ हो हमलाका क्रममा उपराष्ट्रपति डिक चेनीले बंकरबाट काम गरेका थिए । उनीसँगै उनकी पत्नी, राष्ट्रिय सुरक्षा सल्लाहकार कोन्डोलिजा राइस, रक्षा सचिव डोनाल्ड रम्सफिल्डसहित केही अन्य व्यक्ति थिए भने तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस एयर फोर्स वानमा थिए ।’कंग्रेसका सदस्यका लागि पश्चिमी भर्जिनियामा ह्वाइट सल्फर स्प्रिग्स नजिकै ग्रिनब्रायर रिसार्टमा एक बंकर रहेको छ । यो बंकरको नाम प्रोजेक्ट ग्रीक आइल्यान्ड थियो र यसलाई दशकौं सम्म प्रयोग गरिएको थियो । तर यसको नाम सन् १९९२ मा बन्द गरिएपछि बाहिर आएको हो परमाणु हमलाबाट बचाउन सक्छ ?भर्जिनियामा माउन्ट वेदरको आसपासमा मानिसहरु यसलाई ‘ड्रम्सडे सिटी अर्थात प्रलयको दिनको सहर’ भन्छन् । ब्लुमाउन्ट भर्जिनियाँस्थित १ हजार ७५४ फिटको माउन्ट वेदरलाई राष्ट्रपति र उनका सहयोगीका लागि बंकरमा परिणात गरिएको हो माउन्ट वेदरको रेखदेख अमेरिकी ‘फेडरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सी’ फेमाले गर्ने गर्दछ । यसलाई सन् २००१ को सेप्टेम्बरमा अलकायदाको हमलापछि सुरु गरिएको थियो फेमाका निर्देशकले अक्टोबर २००१ मा कंग्रेसका सामू दिएको बयानमा भनेपनि थप केही जानकारी दिएका थिएनन् । माउन्ट वेदरदेखि लिएर पीनट आइल्यान्ड र मार–ए–लागो बंकर शीतयुद्धका क्रममा बनाइएको थियो मार–ए–लागो बंकरलाई सन् १९५० को सुरुवातमा बनाइएको थियो । ट्रम्पले यसलाई सन् १९८५ मा किनेका हुन् । यस्ता बंकरलाई बलियो बनाउनका लागि निरन्तर काम भइरहेको छ । किनकी युद्धको अवस्था आयो भने अन्यत्र जाने ठाउँ हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?