काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान शहरले १० दिन भित्र पूरा शहरभरिको न्यूक्लिक एसिड परीक्षण गर्ने योजना बनाएको छ।
वुहानमा रहेका १ करोड १० लाख मानिसहरुको परिक्षण मात्र १० दिनमा गर्न लागि एको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वुहान शहरमा मात्र १० दिन भित्र सबैको परिक्षण गर्ने सरकारको योजना रहेको बताइएको छ । वुहानमा मात्र १ करोड १० लाख मानिसहरु छन्।
रोयटर्समा प्रकाशित समचारमा उसले आफूलाई उक्त परीक्षण सम्बन्धी एक आन्तरिक कागजात हात परेको र योजनासँग परिचित दुई श्रोतले जानकारी दिएको उल्लेख गरेको छ।
उक्त आन्तरिक कागजात अनुसार शहरका प्रत्येक जिल्लालाई, सम्बन्धित क्षेत्रका लागि विस्तृत परीक्षण योजना मंगलवारसम्म पेश गर्न भनिएको छ ।
तर वुहानका स्वास्थ्य अधिकारीहरुले यस विषयमा कुनै टिप्पणी जनाएका छैनन्।
चीनमा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ४ हजार ६३३ जनाकोम मृत्यु भईसकेको छ भद्धने ८२ हजार ९१९ जनालाई संक्रमण भएको छ । त्इहाँ आज थप १ जना नयाँ संक्रमित थपिएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया