बितेको २४ घण्टामा चीनमा एक जनामा मात्रै कोरोना संक्रमण

काठमाडौं । बितेको २४ घण्टा छिमेकी देश चीनमा एक जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतवार चीनमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चीनको उहानबाट कोरोनाभाइरसको संक्रमण शुुरु भएको विश्वास गरिँदै आएको छ तर सो देशमा अहिले खासै कोरोनाको प्रभाव छैन बरु युरोप र अमेरिकामा यसको प्रभाव भयावह छ ।

हालसम्म विश्वभर ४२ लाख ५४ हजार बढीमा कोरोना पुष्टि भएको छ भने २ लाख ८७ हजार बढीको मृत्यु भइसकेको छ ।

त्यस्तै चीनमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ४ हजार ६३३ जनाको मृत्यु भईसकेको छ भने ८२ हजार ९१९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १० जनाको स्वास्थ्य अवस्थागम्भीर रहेको छ भने ७८ हजार १७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?