पत्रकारको प्रश्नमा ट्रम्पको उत्तर : ‘आदेश मेरो लागि होइन’

काठमाडौं । ह्वाइट हाउसमा त्यहाँका सबै कर्मचारीलाई मास्क लगाउनै पर्ने नियम बनाइएको छ । ह्वाइट हाउसमा रहेका कर्मचारीहरुमध्ये दुई जनालाई कोरोनाभाइरसको संक्रमण भएसँगै त्यहाँ सबै कर्मचारीलाई मास्क लगाउन अनिवार्य गरिएको हो।

ह्वाइट हाउसले आफ्नो डेस्कमा रहेका बेलाबाहेक अन्य समयमा सबै कर्मचारीलाई मास्क लगाउन र सहकर्मीबसँग सामाजिक दुरी कायम गरिराख्न अनिवार्य गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सका एक–एक सहयोगीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ह्वाइट हाउसले उक्त निर्णय लिएको हो ।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्रकार सम्मेलनका क्रममा मास्क नलागाई पुगगेपछि, उनलाई पत्रकारले मास्क नलगाई किन भन्ने प्रश्नमा उनले कड्किँदै आदेश आफ्नो लागि मात्र नभएको बताएका थिए ।

उनले भने, ‘मैले यो आदेश मान्न आवश्यक छैन किनभने म सबैसँग निकै टाढा बसिरहेको छु ।’

उनले भने, ‘ह्वाइट हाउसमा दैनिक सयौं मानिसको आवतजावत हुन्छ । मलाई लाग्छ संक्रमण रोक्नका लागि हामीले राम्रो काम गरिरहेका छौँ ।’ एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?