दैलेख । लकडाउनका बेलामा दुर्गमका किसानको समस्यालाई मध्यनजर गर्दै दैलेख उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रशासन कार्यालय दैलेखले कृषिजन्य वस्तुको बिक्रीवितरण आजदेखि खुला गर्ने निर्णय गरेको छ ।
स्थानीय बासिन्दाको हितलाई ध्यानमा राखेर खाद्यान्न, पशु र कृषिजन्य वस्तुको बिक्री वितरणलाई खुला गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए। सवारी साधनमा चालक र सहचालकबाहेक अरु बस्न नपाउने गरी खुला गरिएको छ ।
एघार स्थानीय तहमा खाद्यान्न ल्याउनका लागि अब पासको आवश्यकता नपर्ने गरी जिल्ला प्रशासनसँग छलफल गरेर निष्कर्षमा पुगेको उद्योेग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर विकले जानकारी दिए। यसले स्थानीय बासिन्दालाई सुविधा सहज हुने विकले बताए।
जिल्लाका कुनै पनि स्थानमा उत्पादन भएका पशुजन्य वस्तुको पनि सहजै बिक्री वितरण गर्न सकिने र सामान गाउँमा ढुवानी गर्न सहज हुने गरी खुकुलो भएको उद्योग वाणिज्य सङ्घका महासचिव राजेशकुमार हमालले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया