काठमाडौं । कोरोना भाइरसको महामारी जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ८७ हजार ३३२ जनाको मृत्यु भईसकेको छ भने ४२ लाख ५५ हजार ९४० जनालाई संक्रमण भएको छ ।
त्यस्तै १५ लाख २७ हजार ४८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४६ हजार ९३६ जनाको स्वास्थ्यअवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसको महामारीका कारण छिमेकी देश भारतमा अहिलेसम्म २ हजार २९४ जनाको मृत्यु भईसकेको छ भने ७० हजार ७६८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २२ हजार ५४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् । त्यस्तै भारतमा सोमवार मात्रै ३ हजार ६०७ जना नयाँ संक्रमित थपिएका छन् भने सोमवार नै ८२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया