काठमाडौं । कोरोना भाइरसको महामारी जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ८७ हजार ३३२ जनाको मृत्यु भईसकेको छ भने ४२ लाख ५५ हजार ९४० जनालाई संक्रमण भएको छ ।
त्यस्तै१५ लाख २७ हजार ४८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४६ हजार ९३६ जनाको स्वास्थ्यअवस्था गम्भीर रहेको छ ।
कोरोना भाइरसको महामारीबाट अति प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ८१ हजार ७९५ जनाको मृत्यु भईसकेको छ भने १३ लाख ८५ हजार ८३४ जनाालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख ६२ हजार २२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ४८४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकाको न्युयोर्कमा मात्रै यो समाार तयार पार्दासम्म २७ हजार ३ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ४७ हजार १५१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्युजर्सीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ३४१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४१ हजार १३७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै अमेरिकामा सोमवार मात्रै १८ हजार १९६ जना संक्रमित थपिएका छन् भने सोमवार नै अमेरिकामा १ हजार ८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया