२० जिल्लामा फैलियो कोरोना, काठमाडौं उच्च जोखिममा

काठमाडौं । कोरोनाभाइरस कोभिड १९ हालसम्म २० जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार मात्र २४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ भने ३३ जना निको भएर घर फर्किएका छन् ।
पछिल्लो समय काठमाडौंमा कोरोनाका बिरामी छैनन् तर अहिले लकडाउन खुकुलो हुनुका साथै यहाँको जनघनत्वलाई हेर्दा जोखिम रहेको विज्ञहरु बताउँछन् ।
जिल्लागतरुपमा कोरोनासंक्रमित
उदयपुर ३०
झापा २
भोजपुर १
मोरङ २
धनुषा १
पर्सा २३
बारा २
रौतहट ६
सप्तरी १
सर्लाही १
काठमाडौं ४
चितवन २
धादिङ १
बाग्लुङ २
कपिलवस्तु २२
बर्दिया १
बाँके २७
रुपन्देही १
कञ्चनपुर १
कैलाली ४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?