काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ४२ लाख २७ हजार ३ सय ३५ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख ८५ हजार २ सय ६३ जनाको ज्यान गइसकेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने ४७ हजार ६२ जनाको अवस्था गम्भीर रहेको र १५ लाख १२ हजार ७ सय १ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
विश्वमा कोरोनाको कारण सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा प्रभाव पारेको छ । अमेरिकामा मात्र कोरोनाको कारण ८१ हजार ९ जनाको ज्यान गइसकेको छ । त्यस्तै त्यहाँ यो समाचार तयार पार्दासम्म १३ लाख ७३ हजार ७ सय ६ जनामा कोरोना संक्रमण फैलिएको छ । भने बितेको २४ घण्टामा मात्र ६ हजार बढीमा संक्रमण फैलिएको र २ सय २२ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ ।
साथै हालसम्म अमेरिकामा ९५ लाख २८ हजार ५ सय १६ वटा कोरोना परीक्षण भएका छन् भने २ लाख ५७ हजार ७ सय ७४ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै हालसम्म अमेरिकामा कोरोनाको कारण १६ हजार ५ सय १४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा बितेको २४ घण्टामा कोरोनाको कारण १ सय २३ जनाको ज्यान गइसकेको छ । त्यस्तै हालसम्म त्यहाँ २ लाख ६८ हजार १ सय ४३ जनामा कोरोना संक्रमण फैलिएको छ । साथै यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाको कारण २६ हजार ७ सय ४४ जनाको ज्यान गइसकेको छ ।
त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ३२ हजार ६५ जनाको ज्यान गइसकेको छ । भने २ लाख २३ हजार ६० जनामा संक्रमण फैलिएको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण २ सय १० जनाको ज्यान गइसकेको र ३ हजार ८ सय ७७ जनामा संक्रमण फैलिएको छ ।
त्यस्तै रसियामा कोरोनाको कारण हालसम्म २ हजार ९ जना मानिसको ज्यान गइसकेको छ । भने २ लाख २१ हजार ३ सय ४४ जना कोरोना संक्रमणको शिकार भइसकेका छन् । त्यस्तै बितेको २४ घण्टामा मात्र त्यहाँ ११ हजार बढीमा संक्रमण फैलिएको छ । र त्यहाँ ३९ हजार ८ सय १ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३० हजार ७ सय ३९ पुगेको र २ लाख १९ हजार ८ सय १४ जनामा संक्रमण फैलिएको छ । भने बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण १ सय ७९ जनाको ज्यान गएको र ७ सय ४४ बढीमा संक्रमण फैलिएको तथ्यांकले देखाएको छ ।
फ्रान्समा भने बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । हालसम्म त्यहाँ कोरोनाको कारण २६ हजार ३ सय ८० जनाको ज्यान गइसकेको छ भने १ लाख ७६ हजार ९ सय ७० जना कोरोना संक्रमणको शिकार भइसकेका छन् ।
त्यस्तै जर्मनीमा पनि बितेको २४ घण्टामा कोरोनाको कारण कसैको पनि ज्यान गएको छैन् तर बितेको २४ घण्टामा १२० जना मानिसमा संक्रमण फैलिएको छ । त्यस्तै १ लाख ७१ हजार ९ सय ९९ जनामा हालसम्म कोरोना संक्रमण देखिएको र ७ हजार ५ सय ६९ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ११ हजार २ सय ७ जनाको ज्यान गइसकेको छ भने १ लाख ६३ हजार ५ सय १० जनामा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण ८४ जनाको ज्यान गएको र ८ सय ११ मा संक्रमण फैलिएको छ ।
छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ९४ पुगेको । भने यो समाचार तयार पार्दासम्म त्यहाँ ७० हजार ७ सय ६५ जनामा कोरोना संक्रमण फैलिएको छ । भारतमा बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८२ जनाको ज्यान गइसकेको छ भने ३ हजार ६ सय ४ जनामा कोरोना संक्रमण फैलिएको तथ्यांकले देखाएको छ । हालसम्म भारतमा २२ हजार ५ सय ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् तर त्यहाँ कसैको पनि अवस्था गम्भीर रहेको छैन् । त्यस्तै हालसम्म भारतमा १६ लाख ७३ हजार ६ सय ८८ जनामा कोरोना परीक्षण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया