भारतमा कोरोनाको कारण बितेको २४ घण्टामा ८२ जनाको मृत्यु

काठमाडौं । छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ९४ पुगेको । भने यो समाचार तयार पार्दासम्म त्यहाँ ७० हजार ७ सय ६५ जनामा कोरोना संक्रमण फैलिएको छ ।

भारतमा बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८२ जनाको ज्यान गइसकेको छ भने ३ हजार ६ सय ४ जनामा कोरोना संक्रमण फैलिएको तथ्यांकले देखाएको छ । हालसम्म भारतमा २२ हजार ५ सय ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् तर त्यहाँ कसैको पनि अवस्था गम्भीर रहेको छैन् । त्यस्तै हालसम्म भारतमा १६ लाख ७३ हजार ६ सय ८८ जनामा कोरोना परीक्षण गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ४२ लाख २७ हजार ३ सय ३५ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख ८५ हजार २ सय ६३ जनाको ज्यान गइसकेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने ४७ हजार ६२ जनाको अवस्था गम्भीर रहेको र १५ लाख १२ हजार ७ सय १ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?