यस्तो छ इटाली र फ्रान्सको पछिल्लो कोरोना अपडेट

काठमाडौं । इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३० हजार ७ सय ३९ पुगेको र २ लाख १९ हजार ८ सय १४ जनामा संक्रमण फैलिएको छ । भने बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण १ सय ७९ जनाको ज्यान गएको र ७ सय ४४ बढीमा संक्रमण फैलिएको तथ्यांकले देखाएको छ ।

फ्रान्समा भने बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । हालसम्म त्यहाँ कोरोनाको कारण २६ हजार ३ सय ८० जनाको ज्यान गइसकेको छ भने १ लाख ७६ हजार ९ सय ७० जना कोरोना संक्रमणको शिकार भइसकेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ४२ लाख २७ हजार ३ सय ३५ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख ८५ हजार २ सय ६३ जनाको ज्यान गइसकेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने ४७ हजार ६२ जनाको अवस्था गम्भीर रहेको र १५ लाख १२ हजार ७ सय १ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै, विश्वमा कोरोनाको कारण सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा प्रभाव पारेको छ । अमेरिकामा मात्र कोरोनाको कारण १ हजार ९ जनाको ज्यान गइसकेको छ । त्यस्तै त्यहाँ यो समाचार तयार पार्दासम्म १३ लाख ७३ हजार ७ सय ६ जनामा कोरोना संक्रमण फैलिएको छ ।

भने बितेको २४ घण्टामा मात्र ६ हजार बढीमा संक्रमण फैलिएको र २ सय २२ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ । साथै हालसम्म अमेरिकामा ९५ लाख २ हजार ५ सय १६ वटा कोरोना परीक्षण भएका छन् भने २ लाख ५७ हजार ७ सय ७४ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै हालसम्म अमेरिकामा कोरोनाको कारण १६ हजार ५ सय १४ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?