अमेरिकामा १३ लाख ७३ हजार बढीमा कोरोना संक्रमण, कति पुगे मृतक ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ४२ लाख २७ हजार ३ सय ३५ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख ८५ हजार २ सय ६३ जनाको ज्यान गइसकेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने ४७ हजार ६२ जनाको अवस्था गम्भीर रहेको र १५ लाख १२ हजार ७ सय १ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

विश्वमा कोरोनाको कारण सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा प्रभाव पारेको छ । अमेरिकामा मात्र कोरोनाको कारण १ हजार ९ जनाको ज्यान गइसकेको छ । त्यस्तै त्यहाँ यो समाचार तयार पार्दासम्म १३ लाख ७३ हजार ७ सय ६ जनामा कोरोना संक्रमण फैलिएको छ ।

भने बितेको २४ घण्टामा मात्र ६ हजार बढीमा संक्रमण फैलिएको र २ सय २२ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ । साथै हालसम्म अमेरिकामा ९५ लाख २ हजार ५ सय १६ वटा कोरोना परीक्षण भएका छन् भने २ लाख ५७ हजार ७ सय ७४ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै हालसम्म अमेरिकामा कोरोनाको कारण १६ हजार ५ सय १४ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?