साउदी अरबमा कोरोनाको कारण २५५ जनाको मृत्यु, कस्तो छ अन्य खाडी मुलुकको अवस्था ?

काठमाडौं । हालसम्म साउदी अरबमा कोरोनाको कारण २५५ जना मानिसको ज्यान गइसकेको छ । भने ४१ हजार १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै खाडी मुलुक कतारमा यो समाचार तयार पार्दासम्म २३ हजार ६ सय २३ जना मानिसमा कोरोना संक्रमण देखिएको र १४ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । त्यस्तै आज मात्र १ हजार १ सय ३ जनामा थप कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै अर्को खाडी राष्ट्र कुवेतमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म ६५ जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ ९ हजार २ सय ८६ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । साथै ती मध्ये २ हजार ९ सय ७ जना उपचारपछि निको भएको तथ्यांकले देखाएको छ ।

त्यस्तै अर्को खाडी मुलुक युनाइटेड अरब इमिरेट्स युएइमा कोरोनाको कारण हालसम्म १९८ जना मानिसको ज्यान गइसकेको छ, भने १८ हजार १ सय ९८ जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख ८५ हजार २ सय ५२ जना मानिसको मृत्यु भइसकेको छ । भने ४२ लाख २६ हजार ८ सय ६४ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १५ लाख ११ हजार ७ सय ८१ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?