एक लाख स्वास्थ्यकर्मीलाई निःशुल्क टिकट दिने कतार एयरलाइन्सको घोषणा

काठमाडौं । कतार एयरलाइन्सले १ लाख स्वास्थ्यकर्मीलाई निःशुल्क टिकट दिने घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमणका बीच स्वास्थ्यकर्मीको योगदानलाई सम्मान गर्दै कतार एयरलाइन्सले विश्वभरका एक लाख स्वास्थ्यकर्मीलाई निःशुल्क टिकट दिने घोषणा गरेको हो ।

त्यसका लागि एयरलाइन्सले आज मध्यरातदेखि अनलाइन बुकिङ खुलाएको छ भने डिसेम्बरसम्म अन्तिम समयसीमा तय गरिएको छ । त्यस्तै, दोहाको हमद अन्तर्राष्ट्रिय एयरपोर्टको डिउटी फ्रीमा पनि ३५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?