काठमाडौं । साईप्रसमा केही दिन अघि त्यहाँको एभ्रीच्यु गाँऊमा हत्या गरिएका २१ वर्षीय विवेक अमगाईको आज रिर्पोट सार्वजानिक भएको छ । जनरल अस्पताल निकोसियाले प्रहरीलाई दिएको जानकारी अनुसार मई ६ तारिख बेलुकी ९ बजे देखि ११ः३० बजेको विचमा आन्तरिक चोटपटक र अत्याधिक रक्तश्राव भएपछि मृत्यु भएको आफनो मेडिकल रिपोर्टमा उल्लेख गरेको छ ।
नेपाल घर रत्ननगर नगरपालिका वार्ड न. ११ चितवनका प्रेम प्रसाद अमगाईका कान्छो छोरा विवेक अमगाईको हत्यामा संलग्न भएकालाई साईप्रस पुलिसले थप अनुसान्धान गरिरहेको जनाएको छ । यता मृतक अमगाईको पार्थिक शवलाई उनको परिवारकै आग्रहमा लकडाउन पश्चाप्त कानुनी प्रक्रिया पुरा गरेर नेपाल पठाउने कार्य अब सहज भएको नेपाली कन्सुलेट डा. रामजिवन पन्जियारले जानकारी दिए ।
डा. पन्जियारका अनुसार निज मृतकका नाममा साईप्रसमा रहेका कुनैपनि सघंसस्थाहरुले आर्थिक कारोबार नगर्न गराउन समेत आग्रह गरेका छन् । उनले भने, “मृतक अमगाईको शवलाई उनको परिवारको आग्रहमा नेपाल पठाउने जिम्मा नेपाली रादुतावास र कन्सुलेटको भएको कारणले कसैले पनि आर्थिक कारोवार नगर्न अनुरोध गर्दछु ” ।
डा. पन्जियरका अनुसार यदि शवलाई नेपाल पठाउन कुनै सिप नलागेमा मात्रै दुतावास वा कन्सुलेटको कार्यलयबाट अधिकारीक सुचना जारी गरे पश्चाप्त मात्रै सहयोग गर्नुपर्ने उनको भनाइ छ।
उता चितवन सेवा समाज साईप्रसले एक प्रेस बिज्ञाप्ती जारी गर्दै आफनो जिल्लाको एक हानहार युवा गुमाएकोमा समबेदना प्रकट गर्दै निज अमगाईको साईप्रस वा देश विदेशमा रगताम्य हुने गरि फोटो वा भिडियो कसैले पनि समाजिक संजालमा नराख्न अनुरोध गरेको छ । समाजकी अध्यक्ष कबिता भण्डरीका अनुसार मृतक अमगाईको त्यस्तो फोटो वा भिडियो समाजिक संजालमा राख्दा उनको परिवार लगायत आफनो समाजमा झन पिडा थपेको बताउँदै गलत भिडियो पनि नबनाउन आग्रह गरेकी छिन् ।
भण्डारीले मृतक अमगाईको नाममा कसैले कसैसगं आर्थिक करोबार नगर्न गराउन समेत गनुरोध गर्दै हत्यामा संलग्न प्रहरीको नियन्त्रणमा रहेकोले उहाको परिवारले न्याय पाउनेमा आफुहरु प्रतिबद्ध रहेको जानकारी दिईन । उनले हत्यामा संलग्न भएकाको बारेमा यहाको सरकारी निकाय लागेकोले के कति सजाय हुने भन्नेबारेमा अनुसन्धान भईरहेकोले सबै धैर्य भएर आपसी मेलमिलाप बस्न सबै नेपालीहरुलाई आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया