काठमाडौं । लकडाउनका कारण अन्य राज्यमा फसेका श्रमिकको उद्धारका लागि भारतमा फेरि रेलसेवा शुरु हुँदैछ । रेलवेको नयाँ आदेश अनुसार अब मंगलबारबाट फेरी स्पेशल ट्रेन सुरु हुनेछ । अब यसमा १७ सय यात्रु अर्थात् ट्रेनमा जति सिट हुन्छ, त्यति नै यात्रु बस्न पाउनेछन् ।
सुरुवातमा १५ वटा रेलगाडी सञ्चालन मात्रै सञ्चालन गरिनेछ, जो गन्तव्यमा पुगेर फर्कनेछन् । यो ट्रेन अब तीन स्टेशनमा रोकिनेछ ।
यसअघि पनि केन्द्र सरकारले सबै राज्यसँग अपिल गर्दै बीचबाटोमै फसेका श्रमिकका लागि विशेष रेलगाडी सञ्चालन गर्न अनुमति दिएको थियो । प्रवासी मजदूरहरुले कोरोना भाइरस महामारीका कारण लकडाउनका दौरान खतरा मोलेर लामो यात्रा गरिरहेका छन् ।
रेल मन्त्रालयका अनुसार यसअघि १ मेईदेखि श्रमिकको उद्धारका लागि सुरु भएको कार्यक्रमअनुसार ३ सय ६६ वटा श्रमिक स्पेशल ट्रेन सञ्चालन गरिएको थियो र झन्डै ४ लाख प्रवासीहरुले घर जान यस्ता रेल प्रयोग गरे ।
संसारमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढेर ४० लाख ८१ हजार भन्दा धेरै पुगिसकेको छ । भारतमा ६७ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया