काठमाडौं । लिपुलेकको नेपाली भूमि मिचेर भारतले सडक बनाएको विरोधमा राजधानीका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकालाई प्रहरीले रिहा गरेको छ । प्रहरीले सोमबार १ सय ६४ जना पक्राउ गरेको थियो । पक्राउ पर्नेहरु अधिकांश माइतीघर मण्डला क्षेत्रबाट पक्राउ परेका हुन् ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले सोमबार काठमाडौंको विभिन्न क्षेत्रबाट १ सय ६४ जनालाई पक्राउ गरिएको र उनीहरुलाई साँझ रिहा गरिएको बताए ।
उनले आन्दोलन गरेको नभइ लकडाउन उल्लंघन गरेको कारणले उनीहरुलाई पक्राउ गरिएको पनि दावी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया