बढ्यो त्रास : नेपालमा आज अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला

काठमाडौं । नेपालमा आज (सोमवार) अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । आज मात्रै नेपालमा २४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको जम्मा संख्या १३४ पुगेको छ ।

सोमवार विहान कपिलवस्तुका १० र सर्लाहीका १ गरि ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो भने सोमवार साँझ नै कपिलवस्तुका ६, रुपन्देहीका ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज पाइएका कोरोना संक्रमितहरु १४ देखि ४० वर्षसम्मका रहेका छन् । उनीहरु अहिले चिकित्सकको सम्पर्कमा रहेकोर उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

बर्दियामा पहिलोपटक देखियो कोरोना
बर्दियामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार साँझ बर्दियाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बर्दियासहित कपिलवस्तुका ६, रुपन्देहीका ६ जना गरी १३ जनामा सोमवार साँझ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै मन्त्रालयको विज्ञप्तीमा लेखिएको छ- ‘संक्रमित बर्दिया, राजापुर ५ निवासी ११ वर्षीया महिला हुनुहुन्छ।’तस्वीर:एजेन्सी 

बेलायतमा कोरोनाले लियो ६० नेपालीको ज्यान

बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको संख्या ६० जना पुगेको छ । बेलायतस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार ६० नेपालीको मृत्यु भएको हो ।

मृतकमा धेरैजसो ५० वर्षमाथिका र पूर्व गोर्खा रहेका छन् ।

कोरोनाका कारण सबैभन्दा बढी नेपालीले ज्यान गुमाएको बेलायत नै भएको बताइएको छ ।

 भ्रममा नपर्नुहोस् भन्दै स्वास्थ्य मन्त्रालयले भन्यो – ‘तन्दुरुस्त छु कोरोना हुँदैन भन्ने नठानौँ’

वैज्ञानिकले दिए अर्को चेतावनी : मंगल ग्रहबाट आएका व्यक्ति ‘क्वारेन्टाइन’ मा

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

बर्दियामा पहिलो पटक देखियो कोरोना, नेपालमा आजै थपिए २४ संक्रमित

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?