जब तीन नम्बर प्रदेशका मुख्यमन्त्रीले सपथ लिए……

हेटौडा, २९ माघ- पहिलो मुख्यमन्त्रीका रुपमा सपथ लिएका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले पदभार ग्रहण गरेका छन् मुख्यमन्त्री पौडेलले सोमबार बिहान हेटौडास्थित मुख्यमन्त्रीको कार्यलयमा सपथ लिएलगत्तै पदभार ग्रहण गरेका हुन् पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै पौडेलले आफ्नो प्रमुख कार्ययोजना आर्थिक समृद्धिका लागि हुने बताए प्रदेश ३ का १३ जिल्लाहरुको फरक फरक विशेषता रहेको उनले बताए । जिल्लाका विशेषताको पहिचान गरि आर्थिक समृद्धिमार्फत पहिलो नम्बरको प्रदेश बनाउने आफ्नो उद्देश्य रहेको पौडेलको भनाई छ । पदभारपछि कर्मचारीलाई उनले आफ्नो जिम्मेवारी इमान्दारिका साथ निर्वाह गर्न निर्देशन दिए बोली भन्दा काममा विश्वास भएकोले आफूले काम गरेर देखाउने पौडेलल दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?