डेनमार्कमा खुल्यो लकडाउन, सपिङ मलहरु सञ्चालनमा

काठमाडौं । विगत केही महिना देखि लकडाउनमा रहेको डेनमार्कको दोस्रो चरणमा सपिङ्ग मलहरु सोमबारबाट सन्चालनमा आएका छन् । भने मार्च १२ तारिख देखि बन्द भएका प्राथमीक ( १ देखि ५ कक्षासम्म) स्कुलहरु अप्रिल १५ बाट नै सन्चालनमा आएका थिए, जुन पहिलो चरणमा लकडाउन खोल्न सुरु गरिएको थियो ।

युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । गत शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री Mette Frederiksen ले लकडाउन सुचारु गर्नमा सबै भन्दा ठुलो योगदान नागरीकको असल व्यवहारले गर्दा सम्भव भएको बताए । नागरिकले लकडाउनको पुर्ण पालना गरेका कारण नै लकडाउन को दोस्रो चरण सुचारु गर्न सम्भव भएको हो र यहि मे १८ देखि सम्पुर्ण विध्यालय , क्याफे र रेष्टुरेन्ट पनि सन्चालनमा आउने छन भने सबै म्युजियम , सार्वजनिक स्थल र पार्क सबै जुन ८ सम्ममा सन्चालनमा आउने विज्ञप्तिमा जारी गरिएको छ।

डेनमार्कमा आज सोमवार ८४ कोराना संक्रमितको संख्या थप भएको छ । संक्रमितको संख्या १०५१३ छन। भने ८२१७ निको भएर घर गएका छन, १९६ जना अस्पतालमा छन र ५२९ जनाको मृत्युभएको छ र उच्चतम जोखीममा ४० जना मात्रा कोराना सक्रमीत अस्पतालमा रहेका कुरा यहाको एक दैनिक पत्रिका बि टी मा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?