काठमाडौं – भारतले आफ्नो भूमि नभएको नक्सा प्रकाशित गर्दा समेत हाम्रो सरकारले कुटनीतिक नोट लेख्ने काम बाहेक अरु केही गर्न नसकेको भन्दै सांसद भीम रावलले आक्रोश व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय समितिको लिपुलेक सम्बन्धमा उनले भारतले सुघौली सन्धी मिचेर नक्सा बनाउन सक्ने तर हामीले आफ्नो भूमि भएको नक्सा प्रकाशित गर्न नसक्नुको जवाफ सरकारले दिनुपर्ने उनले बताए।
उनले भने, ‘भारतले आफ्नो भूमि नभएको नक्सा प्रकाशित ग-यो । सुघौली सन्धी भनौं या दुई देश बीचका सहमति कुनैपनि पक्षसँग नमिल्ने गरी उसले नक्सा प्रकाशित ग-यो । उसले नभएको जग्गा आफ्नोमा प्रकाशित गर्ने ।
हामीले यतिपटक भन्यौं नेपालको नक्सा प्रकाशित गर्न भनेर कि त नेपाली जनतालाई भन्नुप-यो हामीसँग नक्सा लेख्ने प्राविधिक छैनन् । यदि प्राविधिक समस्या हो भने नक्सा बनाउने मान्छे छैनन् या हाम्रो अध्ययन सकिएको छैन ।
भारतले तुरुन्तै ल्याउने हामीले आफ्नो देशको सावभौंम सत्ता त्यहाँ गएर हाम्रा विज्ञहरुलाई खटाउने कर्मचारीलाई खटाउने अध्ययन गर्न लगाउने काम त परै जाओस नक्सा पनि प्रकाशित नगर्दा देशभक्त नेपालीहरुको चित्त दुख्छ भन्ने कुरामा हामी सबैले हेक्का राख्नु पर्छ कि पर्दैन ?’
https://www.facebook.com/lokpath/videos/239283857380024/?t=12
कुटनीतिक रुपमा काम गर्दै गर्दा पनि स्थलगत रुपमा समेत अध्ययन गर्न सकिने भन्दै त्यस क्षेत्रमा आफ्ना संयन्त्रहरु खटाएर काम गर्न माग समेत गरे ।
उनले भारतसँग अन्तर्राष्ट्रिय कानून अनुसार सीमा नियमन गर्ने बेला आएको समेत बताए ।
उनले भने, “अब भारतसँग अन्तर्राष्ट्रिय कानून अनुसार सीमा नियमन गर्ने बेला आयो, यसरी मिच्दै जाने सीमानामा बाँध बनाउँदै जाने, हामी एउटा वक्तव्य दिने एकचोटी हल्ला हुन्छ कोही कोही मान्छे भन्छन् यो हल्ला गर्ने र एकचोटी शान्त हुन्छ, इतिहासमा त्यस्ता भएको पनि छ मान्छेले त्यतिकै भनेका छैनन् । अव त्यो स्थितिको हामीले अन्त्य गर्नुपर्छ ।
यो पनि पढ्नुहोस् : कालापानी विवाद : इतिहासदेखि वर्तमानसम्म (महत्वपूर्ण घटनाको बुँदागत विवरण र तिथीमिति)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया