काठमाडौं । भारतले नेपालको भूमी प्रयोग गरी बाटो विस्तार गरेको विषयमा माइतीघरमा विरोध प्रदर्शनका क्रममा नेपाल विध्यार्थी संघ (नेविसंघ) का नेताहरु पक्राउ परेका छन् ।
भारतले नेपाली भूमी मिचेको विषयमा विरोधका क्रममा पक्राउ पर्नेमा नेविसंघका अध्यक्ष राजीव ढुंगाना, महमन्त्रीहरु बलदेव तिमल्सिना, उर्मिला थपलिया, युवराज पाण्डे, दिपक भटराइ, प्रभात दाहालसहित पटक पटक गरी १५० जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
उनीहरुलाई पक्राउ गरी महेन्द्र पुलिस क्लब प्रदर्शनी मार्गमा राखिएको महामन्त्री वलदेव तिमल्सिनाले जानकारी दिए ।
नेविसंघको केन्द्रिय समितिको निर्देशनमा हाम्रो भूमी फिर्ताको माग गर्दै देशभर प्रदर्शन भएको छ । सोमवार मात्रै देशैभरीबाट सयौं नेता कार्यकर्ता पक्राउ परेको महामन्त्री तिमल्सिनाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया