एसपी यादव / सर्लाही । मलङ्ग्वा नगरपालिका वडा नं. ९ स्थित नेपाल भारत सिमानाकामा आइतबार राती १० बजेको समयमा लागू औषधसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नं. ३ मा बस्ने अन्दाजी वर्ष २५ को अर्जुन यादव रहेको सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश मलंगवाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्जित सिंहले जानकारी गराएका छन् ।
सदरमुकाम मलङ्ग्वासंग सिमानाका जोडिएको भारतीय बजार सोनबरसाबाट प्रतिबन्धित लागु औषध वालरेक्स झोल २५ बोतल र नाईट्रोभेट टयाबलेट ७५ पिस लिएर मलङ्ग्वा तर्फ प्रवेश गर्दै गर्दा सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश मलंगवाबाट खटिएको टोलिले यादवलाई पक्राउ गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश मलंगवाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्जित सिंहका अनुसार, शंका लागेर चेकजाँच गर्ने क्रममा लागू औषध सहित पक्राउ परेको बताए ।
पक्राउ परेका यादवलाई गए राति नै आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक सिंहले बताए ।
कोरोना भाईरसको महामारीका कारण सरकारले नेपाल भारत सिमानाकामा कडाई गरेसंगै व्यवसायीक रुपले लागुऔषध ओसापसार गर्ने कारोबारीहरु धमाधम पक्राउ पर्न थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया