नेपालमा शंकास्पद विरामी १ सय ५३ जना, मन्त्रालयले भन्यो – ३ सय ४२ जना रेड जोनमा छन्

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म १ सय ५३ जना शंकास्पद बिरामी भएको बताएको छ ।

आज भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिँदै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आईसोलेसनमा हुनेको संख्या हालसम्म १ सय ५३ रहेको बताए । उनीहरुमध्ये काठमाडौंमा १ जना प्रदेश १ मा २४ जना, प्रदेश २ मा ३९ जना, वाग्मती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा १ जना प्रदेश ५ मा ६३ जना गरी १५३ जना शंकास्पद बिरामी उपचाररत छन् ।

उनका अनुसार हालसम्म आफूलाई कोरोना भाइरस ‘कोभिड – १९’ सँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै मन्त्रालयको वेवसाईटमा विवरण भराउनेको संख्या हालसम्म ३४ हजार ५ सय १९ रहेको छ । गत २४ घण्टामा मात्रै यसरी फाराम भर्नेको संख्या २ सय ६२ रहेको छ ।

गत २४ घण्टामा २ जना रेड जोनमा परेका छन् । मन्त्रालयको विवरणअनुसार हालसम्म ३ सय ४२ जना रेड जोनमा परेका छन् । तिनको कन्ट्र्याक ट्रेसिङ गर्न थालेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा १२ हजार ७ सय १ जना क्वारेन्टाईनमा बसेका छन् । प्रदेश १ मा १ हजार ४७ जना, प्रदेश २ मा १ हजार ५ सय १७ जना, वाग्मती प्रदेशमा १ सय १८ जना, गण्डकी प्रदेशमा ३ सय १६ जना, प्रदेश ५ मा ४ हजार ९ सय ८५ जना, कर्णाली प्रदेशमा १ हजार ७ सय ४५ जना र सुदूपश्चिम प्रदेशमा ३ हजार १५ जना रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसीआर विधीबाट १७ हजार ८ सय ९ जनाको कोरोना परीक्षण गरिएको छ । केहि दिनअघि विदेशबाट परीक्षणको लागि किट ल्याएसँगै परीक्षण्को दायरा पनि बढेको छ । त्यस्तै आरडिटी विधीमार्फत् हालसम्म ५८ हजार ५ सय ४६ जनाको परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्रै २ हजार ७ सय ९९ वटा जाँच गरिएको छ ।

आरडिटी विधीमार्फत् प्रदेश १ मा ७ हजार ७ सय ३७, प्रदेश २ मा ५ हजार ९ सय २७, वाग्मती प्रदेशमा ९ हजार २ सय ९०, गण्डकी प्रदेशमा ६ हजार ४ सय ८४, प्रदेश ५ मा ६ हजार ९ सय ८५ कर्णाली प्रदेशमा ७ हजार १ सय १४ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ९ वटा परीक्षण गरिएको छ ।

यो समाचार तयार पार्दासम्म नेपालमा १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने बाँकी ८८ जना संक्रमितहरुमध्ये विरगंजमा २८ जना, विराटनगरमा १९ जना, रुपन्देहीमा १४ जना, नेपालगन्जमा २४ जना भरतपुरमा १ जनाको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको छ ।

संक्रमितमध्ये ८९ जना पुरुष र ३२ महिला छन् ।

आजैमात्र ११ जना संक्रमित थपिएका छन् । कपिलवस्तुका १० जना पुरुष (उमेर समूह १८ देखि ३४) र सप्तरीका एक युवामा संक्रमण पुष्टि भएपछि नेपालमा हालसम्म संक्रमितको संख्या १ सय २१ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म विश्वभर २ लाख ८४ हजार १५० जनाको मृत्यु भएको छ भने ४२ लाख ९५७ जनामा संक्रमण भएको छ । १५ लाख २ हजार ५९५ जना स्वास्थ्य उपचारपछि निको भएका छन् भने विश्वभर ४७ हजार ७९ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?