कोरोना संक्रमित देशको सूचीमा रुस तेश्रो स्थानमा : आजमात्रै थपिए ११ हजार भन्दा धेरै संक्रमित

काठमाडौं । कोराना भाइरसको महामारीले अमेरिकाको साथै रुसको पनि बेहाल भएको छ । रुसमा पनि हरेक दिन १० हजार भन्दा धेरै संक्रमित थपिन थालेका छन् ।

रुसमा आइतवार मात्रै रुसमा ११ हजार १२ जना नयाँ संक्रमित थपिएका थिए भने ८८ जनाको मृत्यु भएको थियो । त्यस्तै आज मात्रै रुसमा ११ हजार ६५६ जनालाई संक्रमण भएको छ भने आज मात्रै त्यहाँ ९४ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म रुसमा २ हजार ९ जनाको मृत्यु भईसकेको छ भने २ लाख २१ हजार ३४४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३९ हजार ८०१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ८४ हजार १५० जनाको मृत्यु भईसकेको छ भने ४२ लाख ९५७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १५ लाख २ हजार ५९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४७ हजार ७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

संक्रमणको मामिलामा रुस विश्वकै तेश्रो स्थानमा आईपुगेको छ । पहिलो स्थानमा अमेरिका, दोश्रोमा स्पेन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?