२०७८,बैशाख,३०,बिहीवार

‘नासा स्पेस एप्स च्यालेञ्ज’ नेपालमा


काठमाडौं । विश्वव्यापीरुपमा महामारी फैलिएको कोभिड–१९ ले पारेको प्रभाव र यसको समाधानको वैज्ञानिक उपाय खोजीका लागि आगामी जेठ १७ र १८ गते ‘नासा स्पेस एप्स च्यालेञ्ज’ सञ्चालन गरिने भएको छ ।

‘कोभिड–१९ च्याल्लेञ्ज २०२०’ नाम दिएको यो खोजी नेपालमा पनि सञ्चालन गर्न लागिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ४८ घण्टे विश्वव्यापी ‘भर्चुअल ह्याकथान’ मा सहभागीले अमेरिकी अन्तरिक्ष संस्था नेसनल एरोनोटिक्स स्पेस एड्मिनिस्ट्रेसन (नासा), युरोपेली अन्तरिक्ष संस्था युरोपियन स्पेस एजेन्सी (इसा) तथा जापानिज अन्तरिक्ष संस्था जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) द्वारा प्रदान गरिने तथ्याङ्कमा काम गरी कोभिड–१९ को समाधानका उपाय खोज्ने प्रयास गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

खोजीको ४८ घण्टे अवधिमा, विश्वभरिका सहभागीले भर्चुअल टोली सिर्जना गर्नेछन् । कोभिड–१९ महामारीसम्बन्धी मुद्दाको समाधान गर्न पृथ्वी अवलोकनसम्बन्धी तथ्याङ्क प्रयोग गरिने जनाइएको छ ।

कार्यक्रममा भाग लिन नेपाल तथा विदेशमा अध्ययनरत र कार्यरत नेपालीलाई आह्वान गरिएको उनले बताए । वैज्ञानिक खोजको चुनौतीमा सामेल भएर नासा, इसा तथा जाक्साद्वारा प्रदान गरिने पृथ्वीको अवलोकनको तथ्याङ्कलाई केलाउँदै समाधान खोज्ने प्रयासमा नेपाली उद्यमी, वैज्ञानिक, डिजाइनर, कथाकार, निर्माता, निर्माणकर्ता, कलाकार तथा प्राविधिज्ञलाई सोसाइटीले आह्वान गरेको छ ।

अन्तरिक्षबाट प्राप्त तथ्याङ्कका आधारमा भाइरस तथा यसको फैलावटको अध्ययन, स्थानीय प्रतिक्रिया, परिवर्तन र समाधान, कोभिड–१९ को पृथ्वी प्रणालीमा प्रभाव, कोभिड–१९ को समयावाधि तथा आगामी दिनमा हुने आर्थिक अवसर, प्रभाव र समाधानको अवस्थाका बारेमा पनि खोजीका क्रममा अध्ययन गरिनेछ ।

कार्यक्रमका लागि वैशाख ३० गते विश्वव्यापीरुपमै दर्ता खुला गरिने जनाइएको छ । नेपालमा नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले इनोवेट नेपाल समूह (आइएनजी) सँगको सहकार्यमा गत वर्षदेखि ‘नासा स्पेस एप्स च्यालेञ्ज’ गर्न थालेको हो । कार्यक्रमसम्बन्धी थप जानकारी वा जिज्ञासा नासो कार्यालयमा सम्पर्क गरी लिन सकिने सोसाइटीले जनाएको छ ।

  • रासस

प्रकाशित मिति: २०७७,बैशाख,२९,सोमवार १६:४८


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निषेधाज्ञाको समयमा नेपाल टेलिकमले ग्राहकहरुका लागि विभिन्न किसिमका आकर्षक डाटा सुविधाहरु ल्याएको छ । प्रयोगका आधारमा लामो र

काठमाडौं । स्पेश–एक्स ड्रागन मार्फत् चार जना अन्तरिक्ष यात्री आइतवार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक नागरिक एपको माध्यमबाट बैंक खाता खोलेका छन् । आइतवार (आज) प्रधानमन्त्री ओलीले नेपाल

काठमाडौं । मोबाइल आजभोलि अत्यावश्यक बस्तु जस्तै बनेको छ । हरेक मानिसको हातहातमा मोबाइल हुन्छ । कार्यलयका काम होस या

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१