काठमाडौं । लकडाउन खुकुलो बनाएपछि जर्मनीमा कोरोना संक्रमितको संख्या तीव्र गतिले बढ्न थालेको छ ।
रोबर्ट कोच इन्स्टिच्युटका अनुसार केही प्रतिबन्धहरू हटाएपछि संक्रमणको रि-प्रोडक्सन रेटमा वृद्धि भएको हो ।
जर्मनीमा शनिवार मात्रै हजारौँ मानिस एक ठाउँ भेला भएर लकडाउन पूर्ण रूपमा हटाउन माग गरेका थिए । पूर्वजर्मन चान्सलर एन्जेला मर्केलले बुधवार १६ राज्यका नेतासँग छलफल गरेर देशव्यापी लकडाउनमा व्यापक छुट दिने घोषणा गरेकी थिइन् ।
यो समाचार तयार पार्दासम्म जर्मनीमा ७ हजार ५६९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७१ हजार ८७९ जनालाई संक्रमण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया