जाडो छल्न बाहिरिएका मनाङवासी जिल्ला फर्कन थाले

मनाङ, २९ माघ । पुस महिना लागेसँगै हिमपात र अत्यधिक चिसो छल्न जिल्ला बाहिर गएका मनाङका वासिन्दा विस्तारै घर फर्किन थालेका छन् मंसिर महिनामा घरको सबै कामकाज सकेर जाडो छल्नका लागि जिल्ला बाहिर जाने प्रचलन रहेको छ व्यापारिक प्रयोजनका लागि हिमाली जडीबुटी निरमसी, जिम्फू, पाँचऔंलेजस्ता जडीबुटी बोकेर गएका मनाङ्गेहरु व्यापार सकेर जिल्ला फर्कन थालेका छन् जाडोको मौसम सकिएलगत्तै जिल्लामा रहेका विद्यालय शुरु हुने र आन्तरिक तथा बाह्य पर्यटकको याम शुरु हुने भएकाले उनीहरु आफ्ना व्यवसाय सञ्चालन गर्न आइपुगेका हुन् मौसममा सुधार भई आकाश खुलेर हिमालमा चमक आएपछि मनाङमा मौसम शुरु भयो भनेर बुझिन्छ । वर्षको एक पटकमात्र खेती हुने यस जिल्लामा जाडो सकिएसँगै नयाँ बालीको मौसम शुरु हुने भएकाले पनि मानिस खेती लगाउन जिल्ला फर्कने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?