काठमाडौं । राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले समाजवादको अवधारणामाथिको सरकारको बुझाई नै गलत भएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा सत्तारुढ दल नेकपाका सांसद भुसालले समाजवाद सम्बन्धी अवधारणामाथिको सरकारको बुझाई नै गलत भएको भन्दै सच्याउन माग गरे । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको बुँदा नम्बर ७ मा उल्लेखित ‘सबै प्रकारका असमानताको अन्त्य गर्दे समाजवाद उन्मुख, आत्मनिर्भर, उन्नतशील, स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माण गर्ने’ भन्ने नै गलत भएको टिप्पणी उनले गरे ।
उनले भने “सबै प्रकारका असमानता अन्त्य गर्दे समाजवाद उन्मुख हुने भन्ने नै यदि योे सरकारको अवधारणा हो भने मैले दुखका साथ भन्नुपर्दछ । यो गलत अवधारणा हो । किनभने समाजवाद निर्माण नगरिकन समाजका सबै खाले असमानताहरुको अन्त्य कदापी गर्न सकिदैन । समाजवाद निर्माण गरेर मात्रै असमानताको अन्त्य गर्न सकिन्छ । असमानताको अन्त्य गर्नका निम्ति समाजवादका दिशामा अगाडि बढ्नुपर्दछ । त्यो धारणा सही धारणा हो । तर समाजवादमा जानु भन्दा पहिले नै सबै खालका असमानताहरुको अन्त्य गर्छु भन्ने जुन अवधारणा छ । यो धारणाले समाजवाद उन्मुख बनाउदैन । ”
उनले स्वास्थ्यका पुर्वाधार विकास संगै कृषि उत्पादन बृद्धि तथा बजारीकरण, स्वास्थ्य क्षेत्र सुधारका लागि बन औषधीको उद्योग खोल्ने, पर्यावरणा संरक्षण गर्ने जस्ता विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । डाक्टर बिमला राई पौडेलले विषय परिस्थितिलाई सम्बोधन गर्ने तर्फ विनियोजित विधेयकका सिद्धान्त केन्द्रीत भएपनि आयोजना र कार्यक्रमको प्राथमिकता पुरानै आएको बताए । कृषिमा प्राथमिकता, बैज्ञानिक बन व्यवस्थापन जस्ता कतिपय विषयहरु विगत लामो समय देखि सरकारको प्राथमिकतामा रहदै आएपनि त्यस क्षेत्रमा ठोस ढंगले काम हुन नसकेको उनले उल्लेख गरे ।
उनले कोरोना भाइरसको महामारीले समस्या संगै थुप्रै अवसर पनि ल्याएकाले ती विषयलाई प्राथमिकतामा राख्नुपर्ने जोड उनले दिए । त्यसैगरी विज्ञान प्रविधिको विकास तथा जलवायु परिर्वतनले पार्ने प्रभाव न्यूनीकरणको क्षेत्रलाई पनि प्राथमिकतामा राखिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया