नेपालले भारतीय राजदूत क्वात्रालाई दियो कुटनीतिक नोट

काठमाडौं । सोमवार परराष्‍ट्र मन्त्रालयले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ ।

राजदूत क्वात्रालाई बोलाएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त विषयमा जानकारी लिएको कुरा परराष्ट्र स्रोतले जनाएको हो ।

नेपाल सरकारलाई कुनै सूचना नदिई लिपुलेकमा भारतले सडक निर्माण लगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक नोटसमेत दिएको छ ।

लिपुलेकमा भारत सरकारले नेपाली भूमि मिचेर निर्माण गरेको सडक केहि दिन अगाडि मात्र उद्घाटन गरेको थियो । मन्त्रालयले यसअगाडि नै विज्ञप्ति जारी गर्दै उक्त घटनाको विरोध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?