भारतमा कोरोनाको संकट : एकैदिन १११ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीले यति बेला विश्व ग्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा २ लखा ८३ हजार ८६८ जनाको मृत्यु भईसकेको छ भने ४१ लाख ८१ हजार २१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १४ लाख ९३ हजार ४०१ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् भने विश्वमा ४७ हजार ३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार २१२ जनाको मृत्यु भउको छ भने ६७ हजार २५९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै भारतमा आज मात्रै थप ९८ जना नयाँ संक्रमित थपिएका छन् भने त्यहाँ २० हजार ९६९ जना स्वास्थ्इोपचार पछि निको भएका छन् ।

भारतमा आईतवार ४ हजार ३५३ जना संक्रमित थपिएका छन् भने आईतवार नै १११ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?