कोरोनाको प्रकोप : महामारीका कारण अमेरिकामा ८० हजार भन्दा धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीले यति बेला विश्व ग्रस्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा २ लखा ८३ हजार ८६८ जनाको मृत्यु भईसकेको छ भने ४१ लाख ८१ हजार २१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १४ लाख ९३ हजार ४०१ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् भने विश्वमा ४७ हजार ३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको महामारीका कारण प्रभावित बनेको देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ८० हजार ७८७ जनाको मृत्यु भएको छ भने १३ लाख ६७ हजार ६३८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख ५६ हजार ३३६जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ५१४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्युयोर्कमा मात्रै अहिलेसम्म २६ हजार ८१२ जनाको मृत्यु भएको छ भने ३ लाख ४५ हजार ४०६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा १ लाख ४० हजार ८ जनालाई संक्रमण भएको छ भने ९ हजार २६४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा आईतवार मात्रै २० हजार ३२९ जना नयाँ संक्रमित थपिएका छन् भने आईतवार नै ७५० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?